ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ, साउन २५ । साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन्। भक्तजनले सुन्दरीजलस्थित वाग्मती नदीमा स्नान गरी शुद्ध कपडा लगाएर जल बोकी पशुपतिनाथ मन्दिरमा चढाउने परम्परा छ।बोलबम यात्राका लागि भक्तजन आइतबार रातिदेखि नै सुन्दरीजल पुग्न थालेका थिए। त्यहाँ स्नान तथा नित्यकर्मपछि भक्तजनले वाग्मतीको जल लिएर खाली खुट्टा पशुपतिनाथसम्म यात्रा गर्ने गरेका छन्।

बोलबम काँवरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाको आयोजनामा भएको यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले जानकारी दिनुभयो।भक्तजनले राति अबेरसम्म भजनकीर्तन गरेका थिए। त्यसपछि बिहान स्नान गरी जल बोकेर सुन्दरीजलदेखि पशुपतिनाथसम्म पैदल यात्रा गरेका छन्।

पशुपतिनाथ मन्दिरमा बोलबम यात्रीका लागि उत्तरतर्फको ढोका हुँदै जल चढाउने व्यवस्था गरिएको छ। भक्तजनले बासुकी हुँदै उत्तरढोकाबाट पशुपतिनाथमा जल चढाउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो।साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शन गर्ने भक्तजनको चापलाई ध्यानमा राख्दै मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ। भक्तजनलाई सहज रूपमा दर्शन गराउन आवश्यक व्यवस्थासमेत मिलाइएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय