ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं, साउन २५ ।सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने आइतबार साँझ बालुवाटार पुगेका थिए। दुई नेताबीच करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ।प्रधानमन्त्री शाहले पछिल्लो समय आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको आशयको अभिव्यक्ति दिएपछि लामिछाने असन्तुष्ट रहेको बताइएको छ। भेटमा सरकारका सम्भावित कदम, राजनीतिक नियुक्ति तथा पार्टीका अपेक्षालगायत विषयमा छलफल भएको स्रोतको भनाइ छ।

त्यस्तै, प्रधानमन्त्री शाहले गर्ने भनिएको भारत भ्रमण र सभापति लामिछानेको प्रस्तावित चीन भ्रमणका विषयमा समेत छलफल भएको बुझिएको छ।उच्च स्रोतका अनुसार भेटमा राजदूत छनोट, केही उच्च तहका नियुक्ति तथा मन्त्रीहरूको भूमिकाका विषयमा समेत कुराकानी भएको थियो।तर बालुवाटार स्रोतले दुई नेताबीच गम्भीर दरार उत्पन्न भएको भन्ने बुझाइ सही नभएको दाबी गरेको छ। स्रोतले भेटलाई नियमित राजनीतिक छलफलका रूपमा लिनुपर्ने जनाएको छ।लामिछाने पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई समेत लिएर बालुवाटार पुगेको पार्टी स्रोतले दाबी गरे पनि सुरक्षा स्रोतले भने यसको पुष्टि गरेको छैन। प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन पनि भेटमा सहभागी रहेको बताइए पनि उनले आफू उक्त भेटमा सहभागी नभएको बताएका छन्।प्रधानमन्त्री बालेन शाह प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन्। प्रधानमन्त्री शाहले निवासमा अनौपचारिक तथा पारिवारिक भेटघाटबाहेक अन्य भेटवार्ता प्रायः नगर्ने गरेको बताइन्छ।

यसअघि भएको भेटमा भने लामिछाने र शाहसँगै कुमार बेनसहित उच्च तहका केही व्यक्तिहरू सहभागी रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको थियो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय