काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।
त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।