ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

दोलखाको यलुङ–रि हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ।

गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–रि हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि भेटिएको हो।जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार शुक्रबार नै शव फेला परेको थियो।

मौसम प्रतिकूल हुँदा सोमबार मात्रै शव हिमालबाट तल ल्याइएको हो। त्यसमध्ये दुई जनाको शव हेलिकप्टरबाट आजै काठमाडौं लगिएको पनि इन्स्पेक्टर खड्काले बताए। उनका अुनसार भेटिएका शवहरू २ नेपालीको छ। उनीहरू दोलखाको गौरीशंकरकै पदम तामाङ र सोलुखुम्बुका मेरे कार्की रहेको इन्स्पेक्टर खड्काले बताए।

त्यस्तै बाँकी तीन शवहरू एक क्यानडेली, एक इटालियन र १ जना जर्मन नागरिकका हुन्।गत वर्षको कात्तिकमा हिमाल आरोहणका लागि गएका नेपाली र विदेशी नागरिकसहितको १५ जनाको टोली हिमपहिरोमा परेका थिए। त्यतिबेला ८ जनाको सकुशल उद्दार गरिएको थियो भने २ जना मृत भेटिएका थिए।त भेटिएका दुई नागरिकहरू एक जना फ्रान्सेली र एकजना इटालियन थिए। बाँकी ५ जना भने बेपत्ता भएका थिए।

आरोहणको व्यवस्थापन गर्ने कम्पनी ड्रिम डेस्टिनेसनले समय समयमा त्यहाँ खोजी कार्य चलाइरहेको थियो। सोही क्रममा शुक्रबार शव भेटिएका हुन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय