ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । विद्यार्थीहरूले तोकिएको समयमा नै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापा समक्ष माग गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले आज सोमबार ज्ञापनपत्र बुझाउँदै शैक्षिक क्यालेन्डर पूर्ण रूपमा कार्यान्वयन गरी तोकिएको समयमानै विद्यार्थी भर्ना, परीक्षा र नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।

अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका सहसंयोजक हिक्मतकुमार बुढाको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो । ३३ बुँदे मागपत्रमा  त्रिविका सबै तहका परीक्षा केन्द्रहरू अनिवार्य रूपमा आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र निर्धारण गर्नुपर्ने, १ हजारभन्दा कम विद्यार्थी भएका विषयको नतिजा ३० दिनभित्र र १० हजारभन्दा बढी विद्यार्थी भएका विषयको नतिजा ६० दिनभित्र अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने लगायतका विषयहरू समेटिएका छन् ।

मागपत्रमा निजी तथा आङ्गिक क्याम्पसमा शुल्कको वैज्ञानिक एवं पारदर्शी नियमन, किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था, थेसिस मूल्याङ्कन प्रणालीलाई विकेन्द्रीकरण गर्नुपर्ने माग गरिएको छ ।यस्तै, उत्तरपुस्तिका घरमै लगेर परीक्षण गर्ने परिपाटीको अन्त्य, त्रिविको अतिक्रमित जग्गा फिर्ता, डिजिटल विद्यार्थी सेवा पोर्टलको सुरुवात गरिनुपर्ने र डिन, निर्देशक तथा क्याम्पस प्रमुख जस्ता पदहरूमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने विषयलाई विशेष प्राथमिकताका साथ उठाइएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय