ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको तयारी गरिरहेको छ।साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला हुनेछ।

पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा भेला गर्ने तयारी संस्थापनइतर पक्षको छ।यो भेलामा निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने नेता कोइरालाले बताएका छन्।

देउवा ५ महिनापछि साउन २८ गते मध्याह्न स्वदेश फर्कने कार्यक्रम छ। गत पुसमा विशेष महाधिवेशनमा सहभागी नरहेका नेताहरूको अगुवाइमा भेला हुन लागेको हो। यसअघि उनीहरूले सातै प्रदेशमा भेला गरिसकेका छन्।सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी मुद्दामा सुरूदेखि नै सुनुवाइ गर्ने भएको छ। मुद्दा पुनरावलोकन हुने अनुमति अदालतले दिएको थियो।

संयोजक शशांक कोइरालाले भेलाका लागि राजनीतिक प्रतिवेदन लेखनजस्ता विभिन्न समितिहरू गठन पनि गठन गरेका छन्।भेलामा को को सहभागी हुन्छन्? संयोजक कोइरालाले सातै प्रदेश सभापतिहरूलाई पत्र पठाएका छन्। सुदूरपश्चिम र कर्णाली प्रदेश सभापति मात्रै संस्थापनइतर पक्षको भेलामा सहभागी हुने गरेका थिए। पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न आयोजित भेलामा सहभागी रहन भन्दै कोइरालाले प्रदेश सभापतिहरूलाई साउन २२ गते नै पत्र पठाएका थिए।राष्ट्रिय भेलामा गाउँ/नगर सभापति, महाधिवेशन, महासमिति सदस्य, प्रतिनिधि सभा/प्रदेश सभा क्षेत्रीय सभापति, जिल्ला सभापति, पूर्व केन्द्रीय सदस्य, पूर्वसांसद, पूर्वमन्त्री, पूर्वपदाधिकारीलाई सहभागी हुन कोइरालाले भनेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय