ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं :राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सदाचार नीतिको आवश्यकताको सम्बन्धमा विगत दुई वर्षदेखि छलफल गरी समितिले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति सरकारले जारी गरेकोमा धन्यवाद दिँदै यसको कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।

सदाचार नीतिको प्रभावकारी कार्यान्वयनका लागि तत्काल ’सदाचार ऐन’ को विधेयक यही अधिवेशन ल्याउन सरकारलाई निर्देशन दिइएको समिति सभापति कृष्ण प्रसाद पौडेलले बताए । सबै निकायमा तत्काल ’फोकल पोइन्ट’ तोक्न, आचारसंहिता निर्माण गरी लागू गर्न–गराउन र विद्यालय पाठ्यक्रममा ’सदाचार शिक्षा’ समावेश गर्न समेत सरकारलाई निर्देशन दिइएको उनले बताए।

उनले सुशासन र सदाचारको नारा दिएर दुई–तिहाइ बहुमत प्राप्त गरेको सरकारले संविधान,लोकतान्त्रिक मूल्य–मान्यता र विधिलाई कमजोर बनाउने काम गरेको बताए। सुसंस्कृत र सभ्य समाज निर्माणका लागि नेतृत्व तहको बोलीचाली, व्यवहार र कानुनी राज्यको अनुभूति नागरिकलाई गराउनुपर्ने सभापति पौडेलको भनाइ छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय