ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

एनआईसी एसिया बैंकले खातावाला ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण यही २०८३ असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको छ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्थाको अधिनमारही सम्बन्धित बैंक खातावालाले राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक समेत गर्नुपर्ने भएकोले उक्त आग्रह गर्नुपरेको बैंकले जनाएको छ।  यस बैंकका खातावाला ग्राहकहरुले राष्ट्रिय परिचयपत्र भए/नभएको  विवरण अद्यावधिक गर्न यस बैंकको मोबाइल बैंकिङ्ग एप वा बैंकको वेबसाइटमा उपलब्ध आईसर्भबाट सजिलैसँग आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।

मोबैंकको लागि एप लग इन गरी ब्यांकिङ सर्भिसेजअन्तर्गत अपडे६ एनआईडीमार्फत र यस बैंकको वेबसाइटबाट सजिलै राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।

त्यसैगरी, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजातको आधारमा खाता खोल्न सक्ने र यसरी खोलिने खाताका सम्बन्धित खातावालाहरु नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न समेत अनुरोध गरिएको छ।

साथै, ग्राहकहरुले आफूलाई पायक पर्ने यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय