ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार भीषण आक्रमण गरेसँगैरूस र यूक्रेनबिचको युद्धमा फेरि एकपटक तीव्रता देखिएको छ ।

रूसको निजनेकामस्क सहरमा युक्रेनद्वारा सोमबार गरिएको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका तातारस्तान क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्।तेल प्रशोधन केन्द्रलाई ड्रोनले निसाना बनाएको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् ।

अधिकारीहरूले युक्रेनी ड्रोनले केलाई निसाना बनाएको बताएनन्, तर यो सहर रूसको एक महत्त्वपूर्ण तेल प्रशोधन केन्द्र हो, जहाँ दुई ठूला रिफाइनरी र एक पेट्रोकेमिकल प्लान्ट रहेका छन् ।युक्रेनले पछिल्ला महिनाहरूमा लगभग दैनिक रूपमा लामो दूरीका ड्रोनमार्फत रूसका तेल प्रतिष्ठानहरूलाई निसाना बनाउँदै आएको छ। यी आक्रमणहरूले रूसमा इन्धनको अभावको स्थिति सिर्जना गरेका छन्, तेल प्रशोधन क्षमता प्रभावित भएको छ र आम जनतामा चिन्ता बढेको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने छ, ‘युक्रेनले यो अभियान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्ताको टेबलमा आउन र चार वर्षभन्दा बढी समयदेखि जारी युद्धलाई अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले चलाइएको हो।’

तातारस्तान प्रमुख रुस्तम मिन्निखानोभको सञ्चार कार्यालयका अनुसार निजनेकामस्क सहरमा सोमबार बिहान औद्योगिक र नागरिकस्थलहरूलाई निसाना बनाएर ‘व्यापक’ ड्रोन आक्रमण गरिएको थियो । यूक्रेनी अधिकारीहरूले हालसम्म यस घटनाक्रमका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । निजनेकामस्क यूक्रेनको सीमाबाट करिब एक हजार २०० किलोमिटर पूर्वमा अवस्थित छ र यसको जनसङ्ख्या लगभग दुई लाख ४० हजार छ ।राष्ट्रपति जेलेन्स्कीले आइतबार राति एक सामाजिक सञ्जाल पोस्टमा भने, ‘हामी पूर्ण रूपमा उचित जवाफ दिइरहेका छौँ र रूसको हरेक आक्रमणको जवाफ दिइनेछ। रूसको युद्धको असर अब आफ्नै घर अर्थात् रूसमा बढीभन्दा बढी महसुस गरिनेछ।’

उनले भन‍े, ‘यो युद्ध जारी रहनुको एकमात्र कारण रूसले युद्ध अन्त्य गर्न नचाहेका कारण हो ।’

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय