गोरखामा -एक वृद्ध आमाले नाम्लो लगाएर ग्यासको सिलिन्डर बोकेर हिँडिरहनुभएको देखेपछि प्रहरीले सिलिन्डर आफ्नै गाडीमा राखेर, “हिँड्नुस् आमा, हामी पुर्याइदिन्छौँ” भन्दै उहाँलाई घरसम्म पुर्याएर सहयोग गरेका छन्।
वर्दीभित्रको मानवीयता र सेवाभावको यो सुन्दर उदाहरण साँच्चिकै प्रशंसनीय छ। प्रहरी भनेको केवल सुरक्षा दिने निकाय मात्र होइन, दुःखमा साथ दिने र आवश्यक पर्दा आफ्नै परिवारझैँ सहयोग गर्ने साथी पनि हो भन्ने सन्देश यस घटनाले दिएको छ।
यस्ता साना तर अमूल्य मानवीय कर्मले समाजमा ठूलो सकारात्मक प्रभाव पार्छन्। ती प्रहरीहरूलाई हृदयदेखि नै सलाम। 
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।