ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार साँझ गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परेका दुई जना अझै बेपत्ता छन् । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो ।बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा ५ जनाको शव भेटिएको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।

प्युठानमा भेटिएका दुई जनाको शवको आंशिक टुक्रा मात्र भेटिएको छ । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो पहिरोले घर गोठ पुरिँदा दुई जना दुई जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले र नेपाल प्रहरीले बेपत्ताहरूको खोजी कार्य गरिरहेको छ । पहिरोमा १४ जना परेका थिए । दुई जनालाई घाइतेलाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । घाइते अवस्थामा उद्धार गरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्तिमगर लाई थप उपचारको लागि बुटवल पठाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेहरूमा १८ वर्षिया शान्ति पुन मगर, ६५ वर्षीय कमल बहादुर पुन मगर, ४० वर्षिया जुन कुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दल बहादुर पुन मगर र ७१ वर्षिया मनरखी पुन मगर लगायत छन् ।लुम्बिनी प्रदेशका डीआईजी खत्री घटनास्थलमा पुगेका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय