सुर्खेत। बुधबार दिउँसो छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकबाट भेरी नदीमा खसेको जिप र बेपत्ता दुई यात्रुको अवस्था अझै अज्ञात छ ।
दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि गाडी र दुई जनाको विषयमा कुनै विवरण फेला परेको छैन बेपत्ता हुनेमा सिद्धकुमाख गाउँपालिका वडा नम्बर ५, का अन्दाजी २३ वर्षीय हेमराज विसी र सोही गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय भीमबहादुर राना गाडीसँगै नदीमा बेपत्ता भएका छन्।
बिसी गाडी चालक हुन् भने राना मालिक। बुधबार दिउँसो लु १ ज ३०२२ नम्बरको जिप सडकबाट ५० मिटर तल नदीमा खसेको थियो । गाडीमा ४ जना सवार रहेकामा बनगाड कुपिण्डे नगरपालिका—१, का २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकी सामान्य घाइते अवस्थामै पौडी बाहिर निस्कन सफल भएका थिए ।
अहिले गोताखोरको टिमले खोजी कार्य गरिरहेको सल्यान प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।