काठमाडौँ । कुवेत पठाउने भन्दै ६ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा घर भई हाल काठमाडौँ सिनामंगल बस्ने ४१ वर्षीय राज कुमार महरालाई प्रहरीले पक्राउ गरेको हो ।उनले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने भन्दै एक जनाबाट ६ लाख १४ हजार २ सय ५० रुपैयाँ ठगी गरेका थिए ।
विदेश पठाउने भन्दै पैसा लिएर लामो समयसम्म विदेश नपठाई झुक्यानमा राखेर सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए ।
सोहि उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।