सावधान रहनुहोस् झापामा जापानिज इन्सेफ्लाइटिसको जोखिम, ९ संक्रमितमध्ये ५ जनाको मृ: त्यु।
वर्षायामसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण बढ्दो देखिएको छ। पछिल्लो विवरणअनुसार जिल्लामा ९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने तीमध्ये ५ जनाको मृ:त्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।
मृ: त्यु हुनेमा ३ पुरुष र २ महिला छन्। संक्रमितमध्ये १ जना अझै उपचारमा छन् भने ३ जना उपचारपछि घर फर्किएका छन्। मेचीनगर, हल्दिबारी, बाह्रदशी, कचनकवल, बिर्तामोड र अर्जुनधाराका स्थानीयमा संक्रमण देखिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार संक्रमित अधिकांश ५० वर्षभन्दा माथिका छन्। ७ महिनाका बालकदेखि ४० वर्ष उमेरका व्यक्तिसमेत जेईबाट प्रभावित भएका छन्।
देशभरको अवस्था पनि चिन्ताजनक छ।
गत वैशाखदेखि हालसम्म २१ जिल्लामा ८३० जनामा जेई संक्रमण पुष्टि हुँदा १३ जनाको मृ:त्यु भएको छ। पानी पर्ने समयमा संक्रमणको जोखिम अझ बढ्ने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
जेई संक्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो। स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको टोकाइबाट बच्न र जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।