ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।

शुक्रबार दिउँसो केही नेताहरूसहित निर्वाचन आयोगमा पुगेर उनले आफ्नो नेतृत्वमा पार्टी दर्ता गर्न निवेदन दिएका हुन्।नयाँ पार्टीको नाम ‘जय नेपाल पार्टी’ राखिएको छ।

पार्टीको चुनाव चिह्न त्रिभुज राखिएको छ। पार्टीको झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने छ। पार्टीमा तत्कालका लागि ७९ जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको केन्द्रीय सदस्यसमेत रहेका सचिवालय प्रमुख सगुनसुन्दर लावतीले जानकारी दिए। निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र भने केही दिनमा दिनेछ।

पूर्वमहामन्त्री राणासहित १८३ जना नेताहरूले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीको असन्तुष्टि व्यक्त गर्दै राप्रपा छाडेका थिए।त्यसपछि उनले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गरिरहेका दुर्गा प्रसाईंसँग मिलेर एउटै पार्टी खोल्ने सहमति गरेका थिए।तर नेतृत्वको विषयमा मतभेद भएपछि प्रसाईं भने आज दल दर्ता गर्न गएका थिएनन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय