ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

लण्डन । युरोपेली सङ्घ (इयु) का औषधि नियामकहरूले मानिस वा जनावरको शरीरमा टाँसिएर रगत चुस्ने परजीवी किराले सार्ने लाइम रोगविरुद्ध विकास भइरहेको प्रयोगात्मक खोपको अध्ययन अघि बढाउन स्वीकृति दिएका छन्।

खोप विकास गरिरहेका अमेरिकी कम्पनी फाइजर र फ्रान्सेली–स्विस कम्पनी वाल्नेभाले शुक्रबार यसको जानकारी दिएका हुन्।दुवै कम्पनीका अनुसार पाँच वर्ष वा सोभन्दा माथिका मानिसका लागि विकास गरिएको उक्त खोपले परीक्षणका क्रममा करिब ७० प्रतिशत प्रभावकारिता देखाएको छ। लाइम रोगविरुद्ध हालसम्म कुनै स्वीकृत खोप उपलब्ध छैन।

यस वर्षको सुरुआतमा परीक्षणका केही नतिजा अपेक्षा अनुसार उत्साहजनक नआए पनि युरोपेली औषधि नियामक निकायले खोपको स्वीकृतिका लागि कम्पनीहरूले दिएको आवेदन स्वीकार गरेको दुवै कम्पनीले बताएका छन्। प्रयोगात्मक खोपलाई हाल पीएफ–०७३०७४०५ नाम दिइएको छ।

लाइम रोग सङ्क्रमित परजीवी किराले टोकेपछि मानिसमा सर्ने गर्छ। यसबाट छालामा रातो दाग देखिने, ज्वरो आउने तथा रुघाखोकीजस्ता लक्षण देखिन सक्छन्। केही अवस्थामा यसले स्नायु प्रणालीमा समेत असर पुर्‍याउन सक्छ। रोग विरलै घातक भए पनि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरूले बताएका छन्।

फाइजरकी प्रमुख खोप अधिकारी एनालिजा एन्डरसनले खोपले लाइम रोगबाट जोगिन महत्त्वपूर्ण नयाँ उपाय उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरेकी छन्।

सन् २०२२ मा गरिएको एक अध्ययनले विश्वको कुल जनसङ्ख्याको १४ प्रतिशतभन्दा बढीमा लाइम रोगसँग सम्बन्धित सङ्क्रमण देखिएको अनुमान गरेको थियो। जलवायु परिवर्तनका कारण लामो समयसम्म गर्मी र सुक्खा बढ्दै जाँदा रोग सार्ने परजीवी किराको विस्तार र सङ्क्रमणको जोखिमसमेत बढ्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।

युरोपमा लाइम रोगको जोखिम रहेका क्षेत्रमा २० करोडभन्दा बढी मानिस बसोबास गर्ने भएकाले खोप विकासलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको वाल्नेभाका प्रमुख कार्यकारी थोमस लिङ्गेलब्याकले बताएका छन्।

खोपको अध्ययनलाई स्वीकृति दिइएको खबरपछि शुक्रबार पेरिसको सेयर बजारमा वाल्नेभाको सेयर मूल्य प्रारम्भिक कारोबारमा करिब १६ प्रतिशतले बढेको थियो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय