काठमाडौँ । सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेट्न सिंहदरबार पुगेका छन्।प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सत्तारुढ दल रास्वपाका सांसद सुनार म्यादी प्रहरी र प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक कार्कीविरुद्ध खनिएका थिए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।