ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरूबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासी लगायतका अवैध सामान बरामद गरी भन्सार तथा राजस्व कार्यालय एवं सम्बन्धित निकायमा बुझाएको छ।

सशस्त्र प्रहरी बल नेपालले चोरीपैठारी तथा निकासी लगायतका सामान बरामद गरी राजस्व सङ्कलनमा उल्लेखनीय सहयोग गर्दै आइरहेको छ। सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाइहरूको सक्रिय गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनामा आधारित कारबाहीका कारण यस अवधिमा देशभरका विभिन्न जिल्लाबाट उल्लेखित रुपैयाँ बराबरको सामान बरामद भएको हो।

सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा जोडिएको पर्सा जिल्लाबाट सबैभन्दा बढी २५ करोड ११ लाख ९४ हजार २ सय ५४ रुपैयाँ बराबरको अवैध चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको थियो।त्यस्तै सशस्त्र प्रहरीले बाँके जिल्लाका विभिन्न स्थानहरूबाट १३ करोड ६२ लाख २१ हजार १ सय ३८ रुपैयाँ, झापा जिल्लाबाट १३ करोड ८ लाख ८९ हजार ८ सय ८१ रुपैयाँ, रुपन्देही जिल्लाबाट १२ करोड ८८ लाख २४ हजार ४ सय २१ रुपैयाँ र कैलाली जिल्लाबाट १२ करोड ४२ लाख १० हजार ४ सय २८ रुपैयाँ बराबरको सामान बरामद गरेको छ।

यसैगरी सशस्त्र प्रहरीले सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी र बारा जिल्लाका सीमा इलाकाबाट समेत उल्लेखनीय परिमाणको सामान बरामद गरेको छ। अन्य मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरी लगायतका जिल्लाहरूबाट पनि करोडौँ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

विशेष गरी सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालका युनिटहरूबाट नियमित गस्ती, चेकजाँच तथा विशेष सूचनामा आधारित अपरेसनल कामकारबाही सञ्चालन गरी भन्सार विभाग, अन्य सुरक्षा निकाय लगायतका सम्बद्ध निकायसँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै चोरीपैठारी तथा निकासी जस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्ने कार्य समेत हुँदै आएको छ।

सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध रूपले नेपाल भित्र्याइएका खाद्यान्न, लत्ताकपडा, औषधि, किराना तथा हार्डवेयर सामान, सुनचाँदी, पन्छीजन्य तथा पशुचौपाया, वनपैदावार लगायत सामान ल्याउन प्रयोग भएका सवारीसाधनहरूसमेत नियन्त्रणमा लिएको छ। त्यस्तै नेपालबाट तथा नेपाल हुँदै अन्य देशमा लैजान खोजिएका अवैध सामानसमेत नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय