जनकपुरधाम – धनुषामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
बिहीबार साँझ करिब ६ बजे नगराईन नगरपालिका ८ खिरखिरियामा स्थानीय २५ वर्षीय सितेस कुमार दासको मृत्यु भएको हो।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार खेतमा मोटरबाट पानी लगाउने क्रममा साँझ पौने ६ बजे अचानक करेन्ट लागि घाईते भएका दासलाई उपचारका लागि
प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।