हुम्ला – जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाई र सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीलगायत कर्मचारीबीच एक वर्षका लागि कार्य सम्पादनमा स्म्झौता गरिएको छ। कार्यालयवाट प्रदान गरिने सेवालाई प्रभावकारी रुपमा प्रदान गर्नका लागि सो कार्यसम्पादनमा सम्झौता गरिएको हो।
नियमित रुपमा प्रदान गर्नुपर्ने सेवा प्रभावकारी रुपमा प्रवाह गर्नका लागि प्रमुख जिल्ला अधिकारी गुरागाई र सहायक प्रजिअ शाहीलगायत सवै शाखा प्रमुखबीच कार्यसम्पादन सम्झौता भएको सहायक प्रजिअ शाहीले बताए। कार्यसम्पादनमा शाखाले प्रदान गर्ने सेवा र सर्तबारे उल्लेख गरिनेछ।
यसले गर्दा सेवाग्राहीलाई प्रदान गर्ने सेवाप्रति शाखा प्रमुखलगायत अन्य कर्मचारीले जिम्मेवारी बोध गर्न सहज हुने बिस्वास गरिएको छ। कार्य सम्पादनमा शाखाले प्रदान गरिने कार्य र जिम्मेवारीका बारेमा उल्लेख गरिएको छ। यसले अव विगतमा कार्यालय प्रमुखले मातहतका कर्मचारीलाई यो र ऊ गर्न लगाउने परम्पराको अन्त्य हुनेछ।
कार्यसम्पादनमा सम्झौताले मुख्यगरि सेवाग्राहीलाई सहज, छिटो, छरिटो सेवा प्रदान गर्न मद्धत पुग्ने बिस्वास जिल्ला प्रशासन कार्यालयले गरेको छ। यसवाट प्रमुख जिल्ला अधिकारीदेखि कार्यालय सहयोगीसम्मले आफ्नो काम, कर्तव्य र अधिकारवारे पनि स्पष्ट हुन सहयोग गर्नेछ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।