ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

अमेरिकाले नेपालसहित विभिन्न देशलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) सुविधा खारेज गरेको छ।अमेरिकाको न्याय विभागको आधिकारिक अभिलेख अनुसार नेपाल लगायत विभिन्न देशहरूलाई दिँदै आएको टिपिएस सुविधा खारेज गर्न अदालतले बाटो खुलाइदिएको हो।विभागका अनुसार नेपालका लागि टिपिएस खारेज गर्ने निर्णयमाथि तल्लो अदालतले लगाएको रोकलाई नवौं सर्किट कोर्ट अफ अपिल्सले स्थगित गरिदिएको हो।

यो सँगै अमेरिकाले नेपालीहरूलाई दिँदै आएको टिपिएस सुविधा फेरि खारेज गर्ने बाटो खुलेको हो।अमेरिकी गृहमन्त्री क्रिस्टी नोएमले देशको अवस्था समीक्षा गरेपछि नेपाल अब टिपिएसका लागि आवश्यक मापदण्डमा नरहेको निष्कर्ष निकाल्दै सुविधा खारेज गर्ने निर्णय गरेकी थिइन्।क्त निर्णय ६ जुन २०२५ मा फेडरल रजिस्टरमा प्रकाशित भएको थियो र नेपालका लागि टिपिएस तथा यससँग सम्बन्धित सुविधा ५ अगस्ट २०२५ मा समाप्त हुने भनिएको थियो।

त्यसविरुद्ध मुद्दा परेपछि क्यालिफोर्नियाको उत्तरी जिल्लास्थित संघीय अदालतले ३१ डिसेम्बर २०२५ मा खारेजी निर्णय बदर गरेको थियो।

तर ९औं सर्किट कोर्ट अफ अपिल्सले तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक लगाएको छ।नेपालसँगै होन्डुरस र निकारागुआको टिपिएस पनि खारेज गर्ने निर्णय भएको छ। यी तीनै देशको खारेजीलाई लिएर अदालतमा मुद्दा परेको थियो र ९औं सर्किटको आदेशले तल्लो अदालतको रोकलाई स्थगित गरेको छ।

विभागका अनुसार नेपालसँगै अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुआ, भेनेजुएला, हाइटी, म्यानमार, इथियोपिया, दक्षिण सुडान, सोमालिया र यमनका लागि टिपिएस खारेज गर्ने निर्णय भएका छन्।म्यानमार र दक्षिण सुडानको टिपिएस खारेज गर्ने निर्णयविरुद्ध पनि अदालतमा मुद्दा परेको थियो।

तर ७ अगस्ट २०२६ मा आएका अदालती आदेशपछि दुवै देशका लागि टिपिएस अन्त्य गर्ने प्रशासनको प्रयास अघि बढेको छ।सोमालियाको टिपिएस खारेज गर्ने निर्णय पनि अदालतमा चुनौती दिइएको थियो।तर १४ अगस्ट २०२६ मा संघीय न्यायाधीश एलिसन बरोले ट्रम्प प्रशासनलाई करिब १ हजार १०० सोमाली नागरिकको टिपिएस अन्त्य गर्न बाटो खुला गरिदिएकी छन्। यससँगै सोमालियाको टिपिएस खारेजी पनि कार्यान्वयनतर्फ अघि बढेको छ।

इथियोपियाको टिपिएस खारेज गर्ने निर्णय १५ डिसेम्बर २०२५ मा भएको थियो। तर यसको कार्यान्वयनमाथि अदालतको रोक कायम छ। त्यसैले इथियोपियाका नागरिकका लागि टिपिएस अझै अदालतको संरक्षणमा रहेको अवस्था छ।

यमनका लागि टिपिएस खारेज गर्ने निर्णय ३ मार्च २०२६ मा भएको छ।

किन पाएका थिए नेपालीले टिपिएस?

२०७२ वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो।

भूकम्पका कारण ठुलो क्षति भएको भन्दै अमेरिकामा रहेका नेपालीलाई अमेरिकाले टिपिएस सुविधा दिएको थियो। त्यो सुविधा पाउनका लागि २०७२ वैशाख १२ गतेसम्म अमेरिका पुगेको हुनपर्थ्यो। त्योभन्दा पछाडि उक्त सुविधा पाउन सक्दैनथे।

तर भूकम्प जानुभन्दा अगाडि या गएकै दिनमा जुनसुकै तरिकाले गएको भए पनि उनीहरूले टिपिएस सुविधा पाएका थिए।

‘अमेरिकाले २०१५ को जुनमा नेपालीलाई टिपिएस सुविधा दिएको हो। तर त्यसका लागि भूकम्प गएको दिनसम्म भए पनि अमेरिका पुगेको हुनपर्थ्यो। सुरूमा १८ महिनाको लागि दिइएको यो सुविधा समय थपिँदै थपिँदै अहिलेसम्म लागू थियो।

अब भने पूर्ण रूपमा खारेज हुने भएको छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय