ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं, साउन ३० । भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ।

समारोहमा नेपालमा रहेका भारतीय समुदाय, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको सहभागिता रहेको थियो। कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट गरिएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रिय झण्डा फहराउनुभएको थियो।

समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिनुभएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

११ मृत सैनिकका परिवारलाई बीमा रकम

कार्यक्रमका अवसरमा राजदूत श्रीवास्तवले भारतीय सशस्त्र सेनामा सेवा गर्दागर्दै मृत्यु भएका ११ जना सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गर्नुभएको थियो।

उहाँहरूलाई आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको बीमा रकमका चेक हस्तान्तरण गरिएको भारतीय दूतावासले जनाएको छ।

शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान

स्वतन्त्रता दिवसका अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई समेत पुरस्कार प्रदान गरिएको छ।

‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’, अन्तरविद्यालय क्विज तथा ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पुरस्कार प्रदान गरिएको दूतावासले जनाएको छ।

त्यस्तै, नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान उपलब्ध गराउने घोषणा दूतावासले गरेको छ।

समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँग आबद्ध शिक्षक तथा विद्यार्थीले सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय