ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहद्वारा आयोजित ३ दिने राष्ट्रिय भेलाको समापन सत्रमा शीर्ष नेताहरूबिच ‘धर्मको विषयलाई लिएर सार्वजनिक रूपमै विवाद देखिएको छ ।

भेलाले पारित गरेका निर्णयहरू सुनाउने क्रममा पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा.प्रकाशशरण महतबिच भनाभन र कागज खोसाखोस भएको हो।

सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भइरहेको समापन समारोहमा निर्णयहरू वाचन गर्ने तयारी भइरहँदा दुई नेताबिच विवाद भएको हो । विवादको मुख्य जड भेलाको प्रस्तावमा समेटिएको ‘धर्म’ सम्बन्धी वाक्य रहेको थियो।डा.महतले निर्णयको मस्यौदामा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राखेका थिए।

तर, विमलेन्द्र निधिले उक्त शब्दावलीमा असहमति जनाउँदै त्यसलाई परिमार्जन गरेर सिधै ‘धार्मिक स्वतन्त्रता’ मात्र राख्नुपर्ने अडान लिएका थिए।

यही विषयमा कुरा नमिल्दा कार्यक्रमको ‘लाइभ’ भइरहेकै समयमा दुई नेताबिच केही बेर लफडा परेको थियो। विवाद बढ्दै जाँदा दुई नेताले निर्णय लेखिएको कागज नै एकापसमा खोसाखोस गरेको दृश्य मञ्चमा देखिएको थियो।

मञ्चमै शीर्ष नेताहरूबिच खोसाखोस र विवाद भएपछि निवर्तमान सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए । देउवाको निर्देशनपछि डा। महतले नै तयार पारेको ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबै स्वतन्त्र हुने’ भन्ने बुँदा नै वाचन गरिएको थियो।

सभापति देउवाले यसअघि आफ्नो सम्बोधनमा पनि आफू व्यक्तिगत रूपमा हिन्दु भएको र सनातन धर्म मान्ने तर सबै धर्मलाई सम्मान गर्ने धारणा राखेका थिए । यसबारे पछि देउवाले प्रष्टीकरण पनि दिएका थिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय