ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार (५ भदौ) बसेको केन्द्रीय समिति बैठकमार्फत रिक्त रहेका केही पदाधिकारीको पदपूर्ति गरेको छ । तर, यसअघि उपसभापतिका रूपमा चर्चामा रहेका सुधन गुरुङ भने पदाधिकारीमा समेटिएका छैनन् ।

बैठकले कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ ।

यसअघि गुरुङलाई रास्वपाको उपसापति बनाइने चर्चाले राजनीतिक बजार गर्माएको थियो । तर, शुक्रबारको बैठकले उपसभापति पदमा कसैलाई मनोनयन गरेन ।

त्यस्तै, बालेन्द्र साहका खास निकट मानिएका सुनिल लम्साल पनि पदाधिकारीको सूचीमा परेका छैनन् । पार्टीले केही रिक्त पदमा जिम्मेवारी तोके पनि एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पद अझै रिक्त राखेको छ।

यससँगै यसअघि उपसभापतिको चर्चामा रहेका सुधन गुरुङलाई तत्काल जिम्मेवारी नदिइनुको कारणबारे रास्वपाभित्र चासो बढेको छ । तथापि, उपसभापतिको स्थान रिक्त राखिनुले उनको सम्भावना भने अझै जीवित रहेको छ । बाँकी पदमा पछि हुने मनोनयनमा उनीहरूलाई समेटिन्छ वा नयाँ समीकरण बन्छ भन्ने विषय भने खुल्न बाँकी छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय