क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ । एमाले सचिव महेश बस्नेतले आफूलाई पीडित बनाएकाले पक्राउ गरेर कारबाहीको माग गर्दै शोभा पाठक आइतबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पुगेकी छन्। पाठकले जिल्ला प्रहरी परिसर काठमाडौँमा आफूले दर्ता गराएको जाहेरीपमा सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले सुनुवाइ नगरेको र अभियुक्तलाई जोगाउन खोजेको आरोप लगाएकी छन् ।

पाठकका अनुसार, उनले बस्नेतविरुद्ध जबरजस्ती करणी, भ्रूण हत्या र बलात्कारलगायतका गम्भीर मुद्दामा जाहेरी दर्ता गराएकी थिइन्। उच्च अदालतको आदेशमा मुद्दा अघि बढाउन भनिए पनि सरकारी वकिलले मुद्दा अघि नबढाएको उनको गुनासो छ।

पाठकका अनुसार, उच्च अदालतले थप प्रमाणसहित मुद्दा अघि बढाउन आदेश दिएको थियो। सोहीअनुसार उनले प्रमाण पेश गर्दा पनि सरकारी वकिलले मुद्दालाई ओझेलमा पारेको उनको भनाइ छ। ‘उच्च अदालतले फैसला गरेको मुद्दामा सरकारी वकिलले फाइल अघि बढाउनुको साटो अभियुक्तलाई जोगाउन खोजेका छन्,’ उनले भनिन्।

सरकारी कार्यालय परिसरमै धर्नामा बस्ने भन्दै पाठकले आफू न्याय नपाएसम्म त्यहाँबाट नफर्किने बताइन् । उनले भनिन्, ‘म यहाँबाट जान्नँ। मलाई न्याय चाहिन्छ। म एक, दुई, तीन फर्किन्नँ। उनीहरू यहाँबाट जान सक्छन्, म जाँदिनँ।

पाठकले प्रहरी र सरकारी वकिल दुवैले आफ्नो मुद्दामा हेलचेक्र्याइँ गरेको आरोप लगाएकी छन्। प्रहरीले मुद्दा दर्ता गराएर फाइल सरकारी वकिलकहाँ पठाए पनि, त्यहाँ पुगेपछि भने फाइल अघि नबढेको उनको दाबी छ।

यस विषयमा काफ्लेको प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आएनन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय