ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

टोकियो, अप्रिल २१, २०२६ जापानले प्राणघातक हतियार निर्यातमा लगाएको दशकौँ पुरानो प्रतिबन्ध समाप्त गरेको छ, जसले देशको दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीति अन्त्यतिर एक ठूला मोडको संकेत गरेको छ। प्रधानमन्त्री साने ताकाईचीको मन्त्रिपरिषद्‌ले मङ्गलबार नयाँ निर्यात मार्गनिर्देशनलाई स्वीकृति दिएको हो, जसपछि अब जापानले लडाकु विमान, क्षेप्यास्त्र र ड्रोनजस्ता हतियार निर्यात गर्न सक्नेछ।

चीनले उक्त नीतिलाई कडा आलोचना गरेको भए पनि अष्ट्रेलिया, दक्षिण–पूर्वी एशिया र युरोपका देशहरूले जापानको यो कदमलाई स्वागत गरेका छन्। तर विरोधीहरूले यो निर्णय जापानको शान्तिवादी संविधानको उल्लङ्घन भएको र यसले विश्व तनाव बढाउने चेतावनी दिएका छन्।

जापानका प्रमुख क्याबिनेट सचिव मिनोरु किहाराले भने, “नयाँ नीति जापानको सुरक्षालाई सुनिश्चित गर्ने र क्षेत्रमा शान्ति तथा स्थायित्वमा योगदान पुर्‍याउनेछ। सरकारले रणनीतिकरूपमा रक्षा उपकरण स्थानान्तरणलाई प्रवर्द्धन गर्नेछ।”

पहिले केवल उद्धार, यातायात, चेतावनी, निगरानी र माइन हटाउने क्षेत्रमा सीमित रहेको निर्यात अब लडाकु विमान, क्षेप्यास्त्र र युद्धपोतजस्ता उपकरणसम्म विस्तारित भएको छ। जापानले हालका लागि केवल १७ देशलाई हतियार बेच्न अनुमतिलिनेछ, जससँग रक्षा प्रविधि हस्तान्तरण सम्झौता भएको छ।

यो परिवर्तनसँगै जापानले अष्ट्रेलियासँग ६.५ अर्ब अमेरिकी डलरको सम्झौता गरेर ११ वटा मोगामी-क्लास फ्रिगेट संयुक्त रूपमा निर्माण गर्ने भएको छ। साथै, बेलायत र इटालीसँग संयुक्त रूपमा छैटौँ पुस्ताको लडाकु विमान विकासका तयारी पनि अघि बढाइएको छ।

चीन, उत्तर कोरिया र रूसबाट बढ्दो सुरक्षा चुनौतीबीच जापानले आफ्नो रक्षा उद्योगलाई पुनर्जीवित गर्ने प्रयासका क्रममा यो नीति लागू गरेको हो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय