ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपालमा उत्पन्न प्राकृतिक विपद्का कारण जनजीवन गम्भीर रूपमा प्रभावित भएपछि सरकारले देशभरका सबै विश्वविद्यालयका परीक्षा तथा अन्य शैक्षिक गतिविधि स्थगित गर्न निर्देशन दिएको छ ।

विद्यमान विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सञ्चालन हुने तय भएका सम्पूर्ण परीक्षाहरू स्थगित गर्न विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका हुन् । साथै, भदौ १२ गते आयोजित परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि अनुकूल समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ ।

​मन्त्री पोखरेलद्वारा जारी निर्देशनमा विश्वविद्यालयहरूलाई परीक्षा स्थगित गरी संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न र अत्यावश्यक बाहेकका भेला, गोष्ठी, सेमिनार तथा सभा–सम्मेलन जस्ता सामूहिक कार्यक्रमहरू नगर्न भनिएको छ । कठिन परिस्थितिमा विद्यार्थी र अभिभावकको सुरक्षा तथा हितलाई सर्वोच्च प्राथमिकता दिन जोड दिँदै विपद्बाट प्रभावित क्षेत्रका विद्यार्थीहरूसँग शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ ।​
यसैगरी, विपद्का कारण विद्यार्थीहरूमा पर्न सक्ने मानसिक तनावलाई ध्यानमा राखी प्रभावित विद्यार्थी तथा अभिभावकका लागि मनोसामाजिक परामर्शको प्रबन्ध मिलाउन समेत निर्देशन दिइएको छ । प्राकृतिक विपद्ले अध्ययनमा पारेको असरलाई न्यूनीकरण गर्दै विद्यार्थीको शैक्षिक निरन्तरताका लागि आवश्यक कदम चाल्न र वर्तमान संवेदनशील अवस्थालाई गम्भीरताका साथ लिई यी निर्णयहरू तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयले सबै विश्वविद्यालयहरूलाई आह्वान गरेको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय