ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनामा कार्यरत ९ सय ३४ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका हुन्।

रसुवा जिल्लाका विभिन्न ७ जलविद्युत आयोजनामा कार्यरत ७ सय ३० जना सम्पर्कविहीन छन् भने नुवाकोटका ६ आयोजनामा कार्यरत २ सय ४ जना सम्पर्कविहीन रहेको उल्लेख छ।

रसुवामा माथिल्लो त्रिशूली–३, रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलम्ची–ए, लाङटाङ खोला, चिलिमे र मैलुङ खोला जलविद्युत आयोजनामा कार्यरत व्यक्ति सम्पर्कविहीन भएका छन्।ती आयोजनामध्ये माथिल्लो त्रिशूली–३ मा सबैभन्दा धेरै ५ सय ७८ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। रसुवागढीमा १३, रसुवा–भोटेकोशीमा ४, लाङटाङ खोलामा ४२, चिलिमेमा ८ र मेलुङ खोलामा ७ जना सम्पर्कविहीन छन्।

त्यस्तै, नुवाकोटका त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, मिडल त्रिशूली गंगा र नुवाकोट सौर्य विद्युत आयोजना बाढीबाट प्रभावित भएका छन्। यहाँ माथिल्लो त्रिशूली–३ ‘बी’ मा कार्यरत १ सय ५८ जना र माथिल्लो त्रिशूली–३ ‘ए’ मा ४२ जना सम्पर्कविहीन रहेको विवरण छ।

विवरणमा २ सय १६ मेगावाटको अपर त्रिशूली–३ ‘ए’का २ सय ५४ जनाको मात्र उद्धार हुन सकेको उल्लेख छ। त्यस्तै, लाङटाङ, अपर त्रिशूली–१, त्रिशूली–३ र चिलिमे जलविद्युत आयोजनामा तत्काल उद्धारको आवश्यकता देखिएको जनाइएको छ। उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न पहल तथा प्रयास भइरहेको  उल्लेख छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय