धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर त्यसबाट रकम निकाल्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बाढीपछि नदीले बगाएर ल्याएका सामग्री तथा सम्पत्तिमा अवैध रूपमा हात पार्ने गतिविधिमाथि प्रहरीले निगरानी बढाएको जनाएको छ।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।