ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। रसुवातर्फबाट आएको बाढीका कारण त्रिशुली हुँदै नारायणी नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ। बाढीका कारण भरतपुर महानगरपालिका–१७ स्थित माझुवा बस्ती लगायत पश्चिम चितवनका बस्तीहरू जोखिममा परेका छन्। 

नदीले धार परिवर्तन गर्न सक्ने अवस्था सिर्जना भएको छ। जोखिममा परेका नागरिकप्रति गहिरो चासो व्यक्त गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय पूर्ण रूपमा परिचालित भइसकेको जानकारी दिएका छन्।विगतको जोखिम नक्साङ्कनमा तुलनात्मक रूपमा कम जोखिमयुक्त मानिएको यस क्षेत्रमा हालका वर्षहरूमा नदीको बहाव र थेग्रानको व्यवहार फरक देखिएकाले नारायणी करिडोरको बाढी जोखिम नक्सा पुनरावलोकन गरिने भएको छ। सूचना प्राप्त भएलगत्तै मन्त्रालय अन्तर्गतको फिल्ड कार्यालय स्थानीय तह तथा प्रदेश सरकारसँग निरन्तर समन्वयमा खटिएको छ। जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकको नेतृत्वमा जलविज्ञ सम्मिलित प्राविधिक टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

तटबन्धका लागि ठूला ढुङ्गा जुटाउने कार्य भइरहेको र निर्माण सामग्री उपलब्धताका लागि गैंडाकोट नगरपालिकासँग समन्वय भइरहेको छ। दीर्घकालीन समाधानका लागि नारायणी नदीको विस्तृत नदी नियन्त्रण तथा नदी व्यवस्थापन योजना तयार गरिँदै छ। 

बाढीको उद्गम क्षेत्र रसुवाको माथिल्लो भेगमा बाढीले बगाएका जलमापन केन्द्रको पूरकका रूपमा तत्काल तीनवटा सीसीटीभी जडान गरी जलसतहको निरन्तर अनुगमन गरिने भएको छ। साथै जल तथा मौसम विज्ञान विभागमार्फत स्वचालित जलमापन केन्द्रहरूको पुनःस्थापना प्राथमिकताका साथ अघि बढाइनेछ।

यस विषयलाई तत्काल उठाई समन्वयमा सक्रिय भूमिका खेल्ने माननीय मन्त्री सोवित गौतम तथा नदी नियन्त्रण फिल्ड कार्यालयलाई धन्यवाद दिइएको छ। नदी किनारका बासिन्दाहरूलाई अत्यन्त सतर्क रहन, स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न मन्त्री श्रेष्ठले अनुरोध गरेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय