ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । बुधबार आएको भीषण बाढी र पहिरोमा परेको चीनको सीमा नाकामा जीवितै मानिसहरू भेटिने सम्भावना समाप्तप्रायः बनेको उद्धार अधिकारीहरूले जनाएका छन्। 

समुद्र सतहदेखि ३,८०० मिटरभन्दा बढी उचाइमा रहेको उक्त नाकामा चिनियाँ उद्धारकर्ताहरू शुक्रबार दिउँसो आइपुगेका थिए।बाढी प्रभावित क्षेत्रका संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ‘पहिरोको प्रभाव क्षेत्रभित्रका भवनहरू प्रायः समथल बनेका छन् र कुनै पनि संरचनाको अस्तित्व प्रस्ट देखिँदैन,’ उद्धार टोलीका नेता लिउ माओलिनले बताए। 

‘जमिन बाक्लो हिलो र लेदोको थुप्रोले ढाकिएको छ भने नाकाको पूर्वाधारमा निकै गम्भीर क्षति पुगेको छ,’ उनले थपे। हालसम्म कुनै पनि जीवित व्यक्ति फेला नपरे पनि सानो आशा रहँदासम्म टोलीले प्रयास जारी राख्ने माओलिनले बताए। ‘थोरै मात्र आशा बाँकी रहेसम्म हामी हार मान्ने छैनौँ,’ उनले भने।

दर्जनौँ किलोग्राम तौलका उपकरण बोकेर उद्धार टोलीले अत्यन्त प्रतिकूल मौसमको सामना गरिरहेको छ। ‘सामान्य पाइला चाल्दा समेत छाती भारी हुने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने र टाउको दुख्ने जस्ता समस्या भइरहेका छन्,’ चिनियाँ संकट व्यवस्थापन पत्रिकाले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय