क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
आइतबार, 27 सेप्टेम्बर 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

टेक्सास । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि अमेरिकामा रहेको परोपकारी संस्था वान स्टेप फाउन्डेसनले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

टेक्ससमा कार्यालय रहेको फाउन्डेसनका संस्थापक तथा परोपकारी धावकबाल जोशीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गरेका हुन्। उनले टेक्ससस्थित नेपाली महावाणिज्यदूत सुरेश अधिकारीलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

चेक बुझ्दै महावाणिज्यदूत अधिकारीले विपत्तिको समयमा नेपाल सरकार र प्रभावित नागरिकलाई सहयोग गरेकोमा जोशीप्रति धन्यवाद व्यक्त गरे।‘यतिबेला मुलुकलाई संसारभर छरिएर रहेका नेपालीको सहयोगको खाँचो छ। तपाईंको यो सहयोगले अरूलाई पनि आफ्नो मातृभूमिका लागि सहयोग गर्न प्रेरणा दिनेछ,’ अधिकारीले भने।

विपत्तिको यो घडीमा जन्मभूमिप्रतिको आफ्नो दायित्व सम्झेर फाउन्डेसनका तर्फबाट सहयोग गरिएको जोशीले बताए। उनले संसारभर रहेका नेपालीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार बाढी प्रभावितको उद्धार तथा राहतमा सहयोग गर्न आग्रह गरे।७७७ म्याराथनका रूपमा चिनिने विश्व म्याराथन च्यालेन्जमा कीर्तिमान कायम गरेका जोशीले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

मौसम नसुध्रिएसम्म धान नकाट्न किसानलाई मौसम विभागको आग्रह

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न...

अक्टोबरमा हेर्न लायक १२ फिल्म : टम क्रुजको ‘डिगर’ देखि शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ सम्म

अक्टोबरमा विभिन्न विधाका नयाँ फिल्म प्रदर्शन हुँदैछन् । टम क्रुजको व्यंग्यप्रधान ‘डिगर’, कोलिन हुभरको उपन्यासमा...

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट २२ वर्षीया रूबी सिटौला युवा महिलातर्फ...

स्पेनसँग इंग्ल्यान्डको रोमाञ्चक हार, वेम्बलीमै ३–२ को नतिजा

इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।...

बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण...

देशभर तीन मनसुनी वायुको असर, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
लोकप्रिय