ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भारत सरकारले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने भएको छ।

विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले शुक्रबार पत्रकार सम्मेलनमार्फत उक्त टिम पठाउन लागेको जानकारी दिएका छन्।

साथै, टिम पठाउनु अगाडि रेक्की गर्ने टोली बाढी प्रभावित क्षेत्रमा पुगेर निगरानी गर्ने पनि उनले बताए। 

‘भारतले दुई वटा जहाज मानवीय सहायता सहित पठाइसकेको छ। तेस्रो जहाज पनि जाने तयारीमा छ। नेपालको अनुरोध अनुसार हामीले टनेल रेस्क्यू टिम पनि पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसका लागि पहिला रेक्की टिम पठाउँदैछौं, जहाँ प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्रीबारे विश्लेषण गर्नेछ।’

साथै स्वास्थ्यकर्मीको टोली पनि पठाइने उनले बताएका छन्।

नेपाल सरकारकै अनुरोधमा बेलिब्रिज पनि पठाउने तयारी रहेको उनले जानकारी दिएका छन्।

बेलिब्रिज चाँडो जडान गर्नका लागि प्राविधिक टोली पनि पठाइने उनको भनाइ छ।

भारत सरकारले राष्ट्रिय विपद प्रतिकार्य बल (एनडिआरएफ) को टिमलाई आवश्यक सामग्रीसहित पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको पनि उनले बताए।

नेपाल सरकारले माग गरेका अन्य सहयोगका लागि पनि तयार रहेको उनले बताए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय