क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

विपद् विज्ञ एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता डा. गंगालाल तुलाधरले विपद्पछिको उद्धारका लागि अन्तराष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।

रसुवा बाढीमा विभिन्न सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसक्नु दुःखद् भएको भन्दै उनले उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए विदेशी सहयोग लिनुपर्ने सुझाव दिनुभएको हो।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विपद् व्यवस्थापनमा सरकारका क्रियाकलापहरु प्रशंसनीय भएपनि मानवीय उद्धारलाई प्राथमिकता दिन नसक्दा त्यसको सन्देश नकारात्मक जानेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

अन्तर्राष्ट्रिय क्षेत्रमा सुरुङ उद्धार सम्बन्धी विज्ञता भएका जापान, चीन, भारत लगायतसँग तत्काल सहयोग मागेर मानवीय उद्धारमा तदारुक हुन सरकारसँग आग्रह गरे।

विगतमा आवश्यक पर्दा बंगलादेशबाट गोताखोरसमेत ल्याएको उदाहरण दिँदै उनले अहिले पनि उद्धार प्रविधि र अनुभव भएका देशसँग सहयोग माग्नुपर्नेमा जोड दिए।

उनले विशेषगरी जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

‘सुरुङमा भएका मान्छेहरूलाई कसरी उद्धार गर्ने भन्ने कुरामा सरकारले र खासगरी सेनाले गरेका अभुतपूर्व खालका कामहरू प्रशंसनीय छन्, तर त्यहाँ अड्केका मान्छेहरूलाई कसरी निकाल्ने भन्ने कुरामा प्राविधिक हिसावले र साधनस्रोतका हिसावले हामी पूर्णरूपमा सम्पन्न नहुन सक्छौँ। हामीसँग प्रविधि छैन, मानव स्रोत छैन भने अप्ठ्यारो नमानीकन विदेशी मित्रहरूसँग हात फैलाउनै पर्छ। सुरुङमा फसेका मान्छे उद्धार गर्ने असाध्यै राम्रो अनुभव जापानसँग हुन सक्छ, चीनसँग हुन सक्छ। उनै देशहरूसँग हामीले अनुरोध गर्नुपर्छ। यसमा अप्ठ्यारो मान्नु हुँदैन,’ उनले भने।

 अहिले प्रचार भइरहेको सरकारले सहयोग नलिने भन्ने विषय गलत रहेको पनि उनले बताए।

‘तर जो दिएपनि लिने भन्ने पनि होइन। दाताहरूले के दिन सक्छन्, हामीलाई के आवश्यक छ भन्ने आधारमा ध्यानपूर्वक कुराकानी गर्नुपर्छ,’ उनले भने।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय