क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौँ । नेपाल-चीन सीमा क्षेत्रमा बुधबार आएको विनाशकारी आकस्मिक बाढीले त्रिशूली नदी आसपासका बस्ती, पुल, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा पुर्‍याएको क्षतिको वास्तविक अवस्था स्याटेलाइट तस्बिरबाट थप स्पष्ट भएको छ।

बीबीसी भेरिफाइले अमेरिकी भूउपग्रह तथा इन्टेलिजेन्स कम्पनी ‘भान्टोर’ र ‘प्लानेट ल्याब्स’बाट उपलब्ध स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै बाढीले नेपालका सीमावर्ती क्षेत्रमा ठुलो भौतिक विनाश गरेको जनाएको छ। नेपाली अधिकारीहरूका अनुसार यस विपद्मा ५ सय ५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने सयौँ अझै बेपत्ता छन्।

  • सीमावर्ती क्षेत्र लगभग बगायो

बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये नेपाल-तिब्बत सीमाको महत्त्वपूर्ण नाका पनि परेको छ। स्याटेलाइट तस्बिरमा बाढीले उक्त क्षेत्रको ठुलो हिस्सा लगभग पूर्ण रूपमा बगाएको देखिन्छ। प्रत्यक्षदर्शीले खिचेका भिडिओ तथा सीसीटीभी दृश्यमा बाढीको भेल भवनहरूमा पस्दै गरेको र मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिन्छ।

  • टिमुरे बस्तीको ठुलो हिस्सा गायब

सीमाबाट केही किलोमिटर दक्षिणमा रहेको टिमुरे बस्ती पनि बाढीको चपेटामा परेको छ। नयाँ स्याटेलाइट तस्बिरमा पहाडी भिरमा रहेका अधिकांश घरहरू पूर्ण रूपमा बगिसकेका वा बाक्लो हिलोले पुरिएका देखिन्छन्।

त्यहाँ उपत्यकाका भित्ताहरू नदीको सतहभन्दा करिब ५० मिटर अग्ला छन्। तर, बाढीको तीव्र बहाव र त्यससँगै आएको ढुङ्गामाटोले भिरमा रहेका बस्तीलाई समेत व्यापक क्षति पुर्‍याएको देखिन्छ।

  • स्याफ्रुबेँसीमा घर, पुल र जलविद्युत् आयोजना प्रभावित

टिमुरेबाट करिब १० किलोमिटर तल स्याफ्रुबेँसी क्षेत्रमा पनि बाढीको विनाशकारी प्रभाव देखिएको छ। स्याटेलाइट तस्बिरमा बस्तीको ठुलो हिस्सा माटो, ढुङ्गा र अन्य भग्नावशेषले ढाकिएको प्रस्ट हुन्छ। धेरै घर तथा संरचनाहरू हराएका छन् भने पुल र जलविद्युत् आयोजनासमेत बाढीले बगाएको देखिन्छ।

  • त्रिशूली बजारमा बस्ती नै बग्यो

बाढीबाट ठुलो क्षति भएको अर्को क्षेत्र त्रिशूली बजार हो। सीमाबाट करिब ४५ किलोमिटर तल रहेको यो क्षेत्रको स्याटेलाइट तस्बिरमा एउटा सिङ्गो बस्ती तथा आसपासको कृषि क्षेत्रको ठुलो हिस्सा बाढीले बगाएको देखिन्छ।

बाढीको समयमा खिचिएका प्रमाणित भिडिओमा त्रिशूली नदीको बहाव तीव्र बन्दै जाँदा एउटा पुल भत्किएको देखिन्छ। अर्को भिडिओमा बसभित्र रहेका मानिसहरू नदीबाट आएको भीषण भेल देखेर आत्तिँदै भाग्न खोजेको दृश्य समेटिएको छ।

अर्को एक प्रमाणित भिडिओमा मानिसहरू एउटा घरको बाल्कोनीबाट बाहिर हेर्दै गर्दा बाढीले आसपासका संरचना, ठुला धातुका भग्नावशेष र एउटा सवारीसाधनसमेत बगाउँदै गरेको देखिन्छ। बाढी घटेपछिको दृश्यमा भने सोही घर सुरक्षित रहेको र वरपर बचेका मानिसहरू हिलोले घेरिएको अवस्थामा देखिन्छन्।

  • हिमनदी भत्किएपछि सुरु भएको विनाशकारी बहाव

‘प्लानेट ल्याब्स’ले सार्वजनिक गरेको नयाँ स्याटेलाइट तस्बिरले विपद्को सम्भावित उत्पत्तिस्थलसमेत थप स्पष्ट पारेको छ। तस्बिरमा हिमनदीको ठुलो हिस्सा भत्किएर तल खसेको र त्यसले पहाडमा चट्टान तथा भग्नावशेषको विशाल मार्ग बनाएको देखिन्छ।

हिमनदीबाट खसेको पहिरोको आधार क्षेत्रमा नदीको सतहभन्दा ३ सय मिटरभन्दा माथिसम्मका रूख तथा वनस्पति उखेलिएको देखिएको छ। यही मार्ग हुँदै पानी, ढुङ्गा र माटो तीव्र गतिमा तल बगेको थियो।

5

  • थप बाढीको जोखिम कायमै

पहिरो गएको क्षेत्रमा स्याटेलाइट तस्बिरले पहिरो थुनिएर ताल (ब्यारियर लेक) बनेको समेत देखाएको छ। चिनियाँ अधिकारीहरूले उक्त ताल फुट्दा थप बाढीको जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्। यही अवस्थाका कारण उद्धार तथा खोजी अभियानमा समेत कठिनाइ भइरहेको छ।

हिमनदी विज्ञले भने स्याटेलाइट तस्बिरबाट ताल कति स्थिर छ वा अचानक फुट्ने सम्भावना कति छ भनेर निश्चित गर्न नसकिने बताएका छन्। यद्यपि, बुधबारदेखि बिहीबारसम्म तालमा पानी निरन्तर प्रवेश गरिरहे पनि यसको सतह र क्षेत्रफलमा उल्लेख्य वृद्धि नदेखिएको जनाइएको छ। तालबाट तलतर्फ पानी निस्कने निकास मार्ग देखिनुले केही पानी पहिले नै बाहिरिइरहेको सङ्केत गरेको उल्लेख गरिएको छ। तालमा जमेको पानीको मात्रा ‘चिन्ताजनक रूपमा ठुलो नभएको’ र अवस्था स्थिर हुँदै गएको बताइएको छ।

  • तिब्बततर्फको क्षति अझै अस्पष्ट

नेपालतर्फको क्षतिको प्रारम्भिक तस्बिर स्याटेलाइटबाट देखिए पनि तिब्बती क्षेत्रमा भएको क्षतिको पूर्ण विवरण अझै स्पष्ट छैन। चीनले कडा नियन्त्रणमा राखेको उक्त क्षेत्रमा विदेशी सञ्चारमाध्यमको पहुँच सीमित भएकाले बीबीसीले अहिलेसम्म त्यहाँबाट प्रमाणित भिडिओ प्राप्त गर्न नसकेको जनाएको छ।

बीबीसीका अनुसार सार्वजनिक गरिएका स्याटेलाइट तस्बिरहरू क्षतिको प्रारम्भिक झलक मात्र हुन्। सम्बन्धित निकायलाई बेपत्ताको खोजी, जीवितको उद्धार तथा मृतकको खोजीका लागि सबैभन्दा बढी प्रभावित क्षेत्रमा स्रोत परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले ‘भान्टोर’ले आफ्नो खुला तथ्याङ्क (ओपन डेटा) कार्यक्रमअन्तर्गत ती तस्बिर सार्वजनिक गरेको हो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

अधिवेशनअघि नै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरण घोषणा, विवाद चर्कियो

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्यूठानमा जिल्ला सभापति विष्णु गिरीले यसअघिका आफ्नै प्रतिस्पर्धी शिव...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...

लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण...
लोकप्रिय