क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा अहिलेसम्म ७३४ जनाको शव फेला परेको हो।

यो तथ्यांक आइतबार बिहान ९ बजेसम्मको हो।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, तनहुँमा ३६, चितवनमा २५९ जनाको शव भेटिएको हो। बाढीमा परी सम्पर्कविहीन भएकाहरूको संख्या २ हजार ४९८ पुगेको छ।

नेपाल प्रहरीका २७ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी बलका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन छ।त्यस्तै रसुवाका ५६२ जना र नुवाकोटका ११५ जना सम्पर्कविहीन छन्।

विभिन्न जलविद्युत आयोजनाबाट ९३३ जना सम्पर्कविहीन छन्। मकवानपुरका ६५ जना, ५९८ जना विदेशी नागरिक, विदेशी पर्यटकसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी २४२ जना घाइते भएका छन्। अहिले बाढी प्रभावित क्षेत्रमा सर्जिकल र मेडिकल टिम परिचालन गरिएको प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार गरिएको छ।

जसमध्ये नेपाली सेनाले २ हजार ९७४ जना, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरीले २ हजार ५१३ जनाको उद्धार गरेको छ।जलविद्युतको सुरूङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ जना गरी २७९ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

हालसम्म २२७ जना विदेशी नागरिकलाई पनि हेलिकप्टरबाट उद्धार गरिएको प्राधिकरणले जनाएको छ।पहिचान नभएका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको पनि प्राधिकरणले जनाएको छ।

आइतबार बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका ७ हजार २९३ जना, नेपाली सेनाका ८ हजार ३९९ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना गरी १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालना गरिएको छ।  

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम ;प्राविधिक

चितवन । लगातारको वर्षाका कारण पसाउने तथा परागसेचन हुने समयमा रहेको धानबालीमा थप समस्या आउने...

मधेस र कोशी प्रदेशबिच आर्थिक सहकार्यको समझदारी, अर्थमन्त्रीले गरे हस्ताक्षर

जनकपुरधाम । मधेस प्रदेश र कोशी प्रदेश सरकारबिच सार्वजनिक वित्तीय व्यवस्थापन सुधार, राजस्व वृद्धि, रोजगारी...

बाँकेको किरण नालामा बाढीको जोखिम, बेलुकासम्म सतर्क रहन आग्रह

बाँके । बाँके जिल्लाको उदारापुरस्थित किरण नाला खोलामा जलसतहले सतर्कता तह पार गरेपछि तल्लो तटीय...

नेपाल–कजाकिस्तान सम्बन्धमा नयाँ सम्झौता, सरकारी राहदानीमा भिसा छुट

काठमाडौँ — नेपाल र कजाकिस्तानबीच कूटनीतिक तथा सरकारी/सेवा राहदानीवाहकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर...

नेपाल–चीन सीमा बैठक : विपद् सूचना आदानप्रदानदेखि मानसरोवर यात्रा सहज बनाउने विषयसम्म छलफल

बझाङ। चीनको तिब्बतस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल–चीन सीमावर्ती अधिकारीबीच बैठक सम्पन्न भएको छ। बैठकमा सीमा...

कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार क्यूसेक नाघ्यो: ४३ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको...
लोकप्रिय