ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रसुवा लगायतका प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले विपद्को समयमा सेवाग्राहीको सहजताका लागि यस्तो आग्रह गरेको हो ।

राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यम लगायत अन्य वैकल्पिक स्थानबाट समेत सेवा स्वतःस्फूर्त रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सहजीकरण गरिएको जनाएको छ । यसका साथै, प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्थापनाका कार्यमा आवश्यक वित्तीय स्रोतको परिचालन गर्न पनि केन्द्रीय बैंकले प्रोत्साहन गरेको छ ।

हालै आएको प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्र बैंकले सम्पर्कमा नरहेका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति सहानुभूति प्रकट गरेको छ ।यस विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाका ग्राहक, कर्मचारी र समग्र समुदायको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ । प्रभावित क्षेत्रका सेवाग्राहीप्रति थप संवेदनशील बन्दै आवश्यक सहयोगका लागि निरन्तर प्रयासरत रहन केन्द्रीय बैंकले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय