ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

एसिसी प्रिमियर कपमा हङकङले समूह ‘ए’ मा विजयी सुरुवात गरेको छ। हङकङले आइतबार मलेसियामा भएको खेलमा साउदी अरेबियामाथि १६ रनको जित निकाल्यो। 

पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ७३ रन, अंशुमन रथको ६४ रन र कप्तान यासिम मुर्तजाको ५४ रनको मद्दतमा २७३ रन जोडेको  थियो। 

२७४ रनको लक्ष्य पछ्याएको साउदी ४ बल खेल्न बाँकी छदा २५७ रनमा अलआउट भयो। साउदीक लागि मनन अलीले ५४ रन बनाए भने फैसल खान र हिशाम शेखले ५०-५० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा हङकङका यसिम मुर्तजाले ३ विकेट लिए। 

यो समूहमा हङकङ र साउदीसहित नेपाल, मलेसिया र बहराइन छन्। अर्को समूहमा युएई, ओमान, कुवेत, कतार र सिंगापुर छन्। अर्को समूहमा आइतबार ओमानले सिंगापुरलाई १३१ रनले हरायो।

प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १५ गते नेपबहराइनसँग खेल्नेछ। दोस्रो खेल भदौ १८ गते मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ मा हङकङसँग खेल्नेछ। 

समूहमा शीर्ष दुईमा परे नेपाल सेमिफाइनल पुग्नेछ। सेमिफाइनल भदौ २५ गते, तेस्रो स्थान र फाइनल खेल भदौ २७ गते हुनेछ।२०२७ को एसिया कपमा छनोट हुनका लागि नेपाल प्रतियोगिताको जित्नु पर्नेछ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय