ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि क्रियाशील नवीकरण/अद्यावधिक गर्न अन्तिम पटक समय दिएको छ।भदौ १५ देखि १९ गतेसम्म क्रियाशील नवीकरण र अद्यावधिक गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको हो।

भदौ २४ गतेदेखि गाउँ/नगर अधिवेशन सुरू हुनेछ। अधिवेशनमा कोही पनि नछुटुन् भन्नका लागि क्रियाशील अद्यावधिक गर्न ४ दिन समय दिइएको पार्टीले जनाएको छ।

‘नेपाली कांग्रेसका सभापति गगन थापाको समुपस्थितिमा महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा भदौ १४ गते बसेको समितिको बैठकले— पार्टीको वृहत्तर हित, एकता र साथीहरुको अनुरोधलाई ध्यानमा राखी नवीकरण र अद्यावधिक गर्न छुट हुनु भएका क्रियाशील सदस्यहरूले २०८३ भदौ १५ देखि १९ गतेसम्ममा आफ्नो क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने गरी समयावधि कायम गर्ने निर्णय गरेको छ,’ कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

निवर्तमान सभापति शेरबहादुर देउवासहित अधिकांश पूर्वपधिकारीहरू र संस्थापनइतर पक्षका केही जिल्ला सभापतिसहित कार्यकर्ताले क्रियाशील सदस्यता अद्यावधिक गरेका छैनन्। उनीहरूले गत पुस १० गतेभित्रै नवीकरण भने गरेका थिए। गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नरहेका कतिपय नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन्।

 

कांग्रेसले यसअघिको केन्द्रीय समितिले तोकेको कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन र त्यसअघि मातहत समितिका अधिवेशनहरू गर्ने गरी हालै केन्द्रीय निर्वाचन समितिमार्फत् कार्यतालिकासमेत ल्याएको थियो। 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय