ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाको सरूवा भएको छ।उनलाई रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भई काम गर्ने गरी काजमा खटाएको हो।निरौलाले शनिबार मात्रै फेसबुकमा स्ट्याटस लेख्दै शव व्यवस्थापनबारे आफ्नो धारणा सार्वजनिक गरेका थिए।

कोभिड–१९ को समयमा मोरङको प्रमुख जिल्ला अधिकारी रहँदाको अनुभव सुनाउँदै उनले शव व्यवस्थापनमा संवेदनशील बन्न आग्रह गरेका थिए।‘हुनसक्छ म धेरै गाली खाऊँला,’ भन्दै उनले स्ट्याटस सुरू गरेका थिए। चितवनमा हतारमा शव गाडिएको समाचारका विषयमा केही कुरा भन्न मन लागेको उनले लेखेका थिए।

उनले मृतकका आफन्तले अन्तिम पटक अनुहार हेर्न पाउनुपर्ने विषयमा जोड दिएका थिए।लासलाई अन्याय नगरौं र आफन्तको भावनामा कुठाराघात पनि नगरौं,’ उनले लेखेका थिए।तर, उक्त स्ट्याटस अहिले निरौलाले फेसबुकबाट हटाइसकेका छन्।

स्ट्याटस हटाए पनि उनको सरूवा गरिएको छ। कोशी प्रदेशबाट सरूवा गरेर उनलाई शव व्यवस्थापनको जिम्मेवारी दिइएको हो।मन्त्री प्रतिभा रावलको मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई काजमा खटाइएको मन्त्रालयले जनाएको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोज, उद्धार, राहत र शव व्यवस्थापनका लागि अनुभवी कर्मचारी परिचालन गर्नुपर्ने आवश्यकता भएको भन्दै सरूवा गरेको मन्त्रालयले जनाएको छ।

रसुवाको भौगोलिक संवेदनशीलता, पहिरो तथा बाढीको निरन्तर जोखिमलाई समेत ध्यानमा राखेर उनलाई जिम्मेवारी दिइएको जनाइएको छ।निरौलाको सरूवा तथा काजसम्बन्धी पत्र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उनलाई पठाइएको हो। मुख्यमन्त्री कार्यालयले पनि यसको पुष्टि गरेको छ।सार्वजनिक बिदाको दिन नै मन्त्रिस्तरीय निर्णयबाट उनलाई रसुवा खटाउने निर्णय गरिएको हो।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय