काठमाडौँ । अन्धकारमा उर्लिएर आएको पानी, कंक्रिट र भग्नावशेषले बगाउनै लाग्दा रामचन्द्रले नेपालको त्रिशूली नदी किनारस्थित आफू कार्यरत सुरुङको छतमा जडान गरिएको फलामे खुड्किलोलाई कसिलो गरी समाते।
उनको त्यही सुझबुझपूर्ण फुर्तीले नै सम्भवतः उनको ज्यान बचायो।उनी र उनीसँगै रहेको सहकर्मीहरूको सानो समूह सुरुङको निकासबाट सयौँ मिटर टाढा थिए पानीको सतह बढिरहेकाले खुट्टा सार्न मुस्किल परिरहेको थियो, यदि मैले त्यो खुड्किलो छोडेको भए म खस्ने थिएँ।’खुट्टा अड्याउन उनले एउटा टिनको पाता समाते र त्यसैलाई समूहमा एक-अर्कालाई दिँदै उनीहरू ६ घण्टासम्म एकपछि अर्को खुड्किलो गर्दै बिस्तारै अघि बढे।‘हामी ६ जना थियौँ र पछि सुरुङको ढोकामा अर्को एक जनालाई भेट्यौँ,’ उनले भने। बाहिर निस्किसक्दा बाढीले उनीहरूको शरीरका कपडासमेत बगाइसकेको थियो।
उज्यालोमा आएपछि उनीहरूले बाढीले मच्चाएको विनाशकारी ताण्डव देखे। तल नदी अझै उर्लिरहेको थियो, जुन भग्नावशेष, हिउँ र लेदोले गर्दा कालो रूपमा परिणत भएको थियो।माथिल्लो भेगका हिमालबाट सुरु भएको प्रलयकारी बाढीले तल्लो तटीय क्षेत्रको १०० किलोमिटरसम्म तहसनहस बनायो। वर्षौंपछिको यो सबैभन्दा ठुलो प्राकृतिक विपत्तिमा सयौँले ज्यान गुमाए भने सम्पूर्ण बस्तीहरू नै पुरिए।
विश्वकै अग्लो पर्वत शृङ्खलाबाट बग्ने नदीहरूको प्रचण्ड ऊर्जा दोहन गर्न गहिरो सुरुङ खनिरहेका धेरै जलविद्युत् आयोजनाका रामचन्द्र जस्तै सयौँ कामदारहरू बेपत्ता हुनेको सूचीमा छन्।करिब २७९ जना जलविद्युत् कामदारको उद्धार गरिएको छ वा उनीहरू हिलो र लेदोले भरिएका सुरुङहरूबाट सङ्घर्ष गर्दै बाहिर निस्कन सफल भएका छन्। तर अन्य धेरै जना अझै सुरुङभित्रै फसेको आशङ्का गरिएको छ।
खुट्टा अड्याउन उनले एउटा टिनको पाता समाते र त्यसैलाई समूहमा एक-अर्कालाई दिँदै उनीहरू ६ घण्टासम्म एकपछि अर्को खुड्किलो गर्दै बिस्तारै अघि बढे।हामी ६ जना थियौँ र पछि सुरुङको ढोकामा अर्को एक जनालाई भेट्यौँ,’ उनले भने। बाहिर निस्किसक्दा बाढीले उनीहरूको शरीरका कपडासमेत बगाइसकेको थियो।
उज्यालोमा आएपछि उनीहरूले बाढीले मच्चाएको विनाशकारी ताण्डव देखे। तल नदी अझै उर्लिरहेको थियो, जुन भग्नावशेष, हिउँ र लेदोले गर्दा कालो रूपमा परिणत भएको थियो।माथिल्लो भेगका हिमालबाट सुरु भएको प्रलयकारी बाढीले तल्लो तटीय क्षेत्रको १०० किलोमिटरसम्म तहसनहस बनायो। वर्षौंपछिको यो सबैभन्दा ठुलो प्राकृतिक विपत्तिमा सयौँले ज्यान गुमाए भने सम्पूर्ण बस्तीहरू नै पुरिए।
विश्वकै अग्लो पर्वत शृङ्खलाबाट बग्ने नदीहरूको प्रचण्ड ऊर्जा दोहन गर्न गहिरो सुरुङ खनिरहेका धेरै जलविद्युत् आयोजनाका रामचन्द्र जस्तै सयौँ कामदारहरू बेपत्ता हुनेको सूचीमा छन्।करिब २७९ जना जलविद्युत् कामदारको उद्धार गरिएको छ वा उनीहरू हिलो र लेदोले भरिएका सुरुङहरूबाट सङ्घर्ष गर्दै बाहिर निस्कन सफल भएका छन्। तर अन्य धेरै जना अझै सुरुङभित्रै फसेको आशङ्का गरिएको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।