ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । ‘कमन जेन–जी नेपाल’ले आउँदो भदौ २३ गते गर्ने भनेको जेनजी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको छ । सङ्घर्षका कार्यक्रम फिर्ता लिँदै जेनजी युवाहरूले अब बाढी प्रभावित क्षेत्रमा पीडितको सहयोगमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले आज प्रेस विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भई पुरै देश शोकको घडीमा रहेकाले पूर्वघोषित सङ्घर्षका सम्पूर्ण कार्यक्रम फिर्ता लिएर पीडितको सहयोगमा जुटने जनाए ।

कमन जेनजी नेपालले यही २०८३ भदौ २३ गते जेनजी आन्दोलनको एक वर्षको अवसर पारेर ‘फेक शासनविरुद्ध असल शासन’ को नारासहित देशव्यापी प्रदर्शनको साथै सडक आन्दोलनको घोषणा गरेको सर्वविदितै छ । तर, राष्ट्रले अहिले भोग्नुपरेको अकल्पनीय प्राकृतिक विपत्तिको कारण सिङ्गो देश शोकमा डुबेको यस दुःखद घडीमा हामी पूर्वघोषित यस आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी गराउँदछौ । साथै, कमन जेनजी नेपालको सिङ्गो पङ्क्ति बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पूनःस्थापनाको कार्यमा खटिने पनि जानकारी गराउँदछौ,’ अध्यक्ष साहले जारी गरेको विज्ञप्तिले उल्लेख गरिएको छ । 

त भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चात् कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी युवाहरू नुवाकोटका विभिन्न ठाउँमा पुगेका थिए । साथै उनले प्रधानमन्त्री वालेन शाह (बालेन) लाई सामाजिक सञ्जालमा सीमित नभई प्रभावित क्षेत्रहरूमा पुग्न र राहत, उद्धार लगायतका कार्यलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री शाह नुवाकोट जिल्ला पुगेको तर अन्य जिल्लाका प्रभावित क्षेत्रमा नपुगेको र राहत, उद्धार लगायतका कार्य अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय