त्रिशूली–१ को त्यो भयावह दृश्यमा आफ्नै ज्यानको समेत पर्वाह नगरी उद्धारकर्मीहरू निरन्तर खटिए। भत्किएको बाटो, बाक्लो हिलो, अँध्यारो सुरुङ र चारैतिरको जोखिमका बीच पनि उनीहरूको प्रयास रोकिएन।
आफू सुरक्षित भइसकेपछि पनि सुरुङभित्र फसेका साथीहरूको स्थान देखाउन पुनः जोखिम मोलेर फर्किएका जुम्लाका दुई दाजुभाइको साहसले मानवता र मित्रताको अर्को उदाहरण प्रस्तुत गरेको छ।
उद्धारका क्रममा अनेक कठिनाइ आए, तर टोलीले हार मानेन। हेलिकप्टरमार्फत ४८ जनाभन्दा बढीलाई सुरक्षित स्थानमा पुर्याउनसमेत उनीहरूको महत्वपूर्ण भूमिका रह्यो।
विपद्को बेला आफ्नै ज्यान जोखिममा राखेर अरूको जीवन बचाउन खटिने यी उद्धारकर्मीहरूलाई हृदयदेखि सलाम। 
See less
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।