ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडाैँ। भारतका रक्षामन्त्री राजनाथ सिंहले गत बुधबार नेपालमा आएकाे विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर समवेदना प्रकट गरेका छन्।

उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेका छन्। सिंहले साेमबार सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।उनले आकस्मिक बाढीका कारण भएको ठूलो जनधनको क्षतिले नेपालसँगै भारतीय नागरिकलगायत विभिन्न देशका नागरिकसमेत प्रभावित भएको उल्लेख गरेका छन्। मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सिंहले नेपाल र भारतबीचको निकट सम्बन्धलाई स्मरण गर्दै भारत नेपालका लागि ‘सुख–दुःखका साथी’ रहेको बताए। कठिन परिस्थितिमा पनि भारत नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा काँधमा काँध मिलाएर उभिएको उनको भनाइ छ।

उनले नेपाललाई खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्ने भारतको प्रतिबद्धता समेत दोहोर्‍याएका छन्। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालका रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठुलो क्षति भएको छ।

नेपाल सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाइरहेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय