रुपैडिया नेपालगञ्ज रोड–वाराणसी सिटी रेल सेवा आजदेखि सञ्चालनमा आउने भएको छ। भारतको नेपालगञ्ज रोड–रुपैडिहा क्षेत्रलाई वाराणसीसँग जोड्ने यो रेल सेवाको शुभारम्भ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्ने कार्यक्रम रहेको छ।
मुख्यमन्त्री योगीले विशेष रेल सेवा नं. ०५०६४ नेपालगञ्ज रोड–वाराणसी सिटीलाई हरियो झण्डा देखाएर प्रस्थान गराउनेछन्। यात्रुसहितको उक्त विशेष रेल दिउँसो पौने ३ बजे नेपालगञ्ज–रुपैडिहा स्टेसनबाट वाराणसीतर्फ प्रस्थान गर्ने बताइएको छ।
रेल सेवा सञ्चालनमा आएपछि नेपालगञ्ज रोड–रुपैडिहा क्षेत्रबाट वाराणसीसम्मको यात्रामा सहजता हुने अपेक्षा गरिएको छ। यसबाट सीमावर्ती क्षेत्रका यात्रुसँगै उत्तर प्रदेशका विभिन्न जिल्लाका नागरिकसमेत लाभान्वित हुनेछन्।
नयाँ रेल सेवाले नेपाल–भारत सीमावर्ती क्षेत्रको आवागमन तथा धार्मिक र व्यापारिक यात्रालाई थप सहज बनाउने अपेक्षा गरिएको छ |
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।