ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रसुवा बाढीको कारण बैंकिङ क्षेत्रका २६ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स एसोसिएसनले जानकारी दिएको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७ जना, माछापुच्छ्रे बैंकको ५ जना, एनएमबी र प्रभु बैंकका ४/४ जना, लक्ष्मी सनराइज र सानिमा बैंकका २/२ जना, ग्लोबल आइएमई र हिमालयन बैंकका १/१ जना कर्मचारी अझै सम्पर्कमा आउन नसकेका हुन्।

खोजी कार्य चलिरहे पनि कर्मचारी अझै सम्पर्कमा आउन नसकेका हुन्।

त्यस्तै, वाणिज्य बैंकहरूको क्षति पुगेका नुवाकोट र रसुवा जिल्लाका १७ वटा शाखामा रहेको भल्टमा १७ करोड २४ लाख रूपैयाँ, काउन्टरमा एक करोड १७ लाख रूपैयाँ रहेको र करिब ५५ करोड रूपैयाँ बराबरको मालसामनमा क्षति पुगेको बताइएको छ।

यी शाखाबाट दुई अर्ब ४२ करोड रूपैयाँ बराबरको कर्जा लगानी भएको छ।त्यस्तै, तीन निर्माणाधीन सहित आठ जलविद्युत कम्पनीमा क्षति पुगेको एसोसिएसनले उल्लेख गरेको छ।

बैंकहरूका अनुसार यी आयोजनामा करिब सात अर्ब रूपैयाँ बराबरको लगानी भइसकेको देखिन्छ।५ मेगावाटको मैलुङ खोला हाइड्रो, २० मेगावाटको लाङटाङ खोला, ३७ मेगावाटको त्रिशूली जलविद्युत, १११ मेगावाटको रसुवागढी, ५१२ किलोबाटको प्राइम माइक्रो हाइड्रोमा क्षति पुगेको हो।

मैलुङ खोला हाइड्रोमा एनएमबी बैंकको नेतृत्वमा सहवित्तीयकरण लगानीमा २५ करोड ८० लाख कर्जा लगानी भएको हो।लाङटाङ खोलामा पनि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा दुई अर्ब ५० करोड लगानी भएको हो।

नबिल बैंकले ३७ मेगावाटको त्रिशूली जलविद्युत कम्पनीमा तीन अर्ब ३० करोड र १११ मेगावाटको रसुवागढीमा ४९ करोड ८० लाख रूपैयाँ लगानी गरेको हो।प्राइम माइक्रो हाइड्रोमा प्रभु बैंकले ९ करोड १८ लाख लगानी गरेको हो।

त्यस्तै, बैंकहरूको लगानी रहेको निर्माणाधीन तीन आयोजनामा पनि क्षति पुगेको छ।ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रो लिमिटेडले निर्माण गर्न लागेका यी तीन आयोजनामा कर्जा लगानी सुनिश्चितता भइसके पनि कति रकम कर्जा लगानी भएको थियो भनेर बैंकहरूले खुलाएका छैनन्।

इनर्जी इन्जिनियरिङमा नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैंकको संयुक्त लगानी रहेको छ।लगानी रकम भने बैंकहरूले खुलाएका छैनन्। ब्लू इनर्जी हरारत्न हाइड्रो लिमिटेड नेपाल इन्भेष्टमेन्ट मेगाको लगानी छ।ब्लू इनर्जी लिमिटेडले १ सय मेगावाटको सुपर त्रिशूली र हरारत्न हाइड्रो लिमिटेडले ६.६ मेगावाटको टाडी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको थियो।

सुपर त्रिशूली र टाडी खोलाको कुल लागत १३ अर्ब रूपैयाँभन्दा बढी अनुमानित लागत छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय