ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

भोटेकोशी नदीमा भदौ १० मा आएको बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रतिनिधि सभा बैठकले विशेष प्रस्ताव पारित गर्ने भएको छ। प्रस्ताव पारित गर्न बुधबार १ बजेका लागि बैठक डाकिएको छ। बैठकमा सांसदहरूले भोटेकोशी बाढीका कारण भएको क्षति, उद्धार तथा राहतको कार्यबारे धारणा राख्नेछन्। 

प्रतिनिधि सभाको कार्यव्यवस्था एवं परामर्श समितिको बैठकमा विशेष प्रस्ताव पारित गर्ने सहमति भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। २०७२ साल वैशाख १२ गते भूकम्प गएपछि वैशाख २४ गतेको बैठकबाट विशेष शोक प्रस्ताव पारित गरिएको थियो। 

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले बाढी प्रभावित क्षेत्रको अनुगमन र सरकारको कामको मूल्याङ्कनका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने धारणा राखेका थिए। तर संसदीय समिति गठनबारे कुनै निर्णय भने भएन। 

रास्वपा महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले सर्वदलीय बैठकपछि समिति गठनबारे थप छलफल गर्न प्रस्ताव गरेका थिए।बैठकमा सांसदहरूको तलबबाट कति रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफ्नो संसदीय दलले कम्तिमा १५ दिनको तलब बराबर सहयोग गर्ने निर्णय गरिसेकको जानकारी दिएका थिएको थियो।नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि आफ्नो दलले निर्णय गर्ने चरणमा रहेको उल्लेख गर्दै दलीय आधारमा नै निर्णय गर्नु उपयुक्त हुने बताएका थिए। त्यसपछि दलीय आधारमा नै निर्णय गर्ने सहमति भएको थियो। 

रास्वपा सचेतक प्रकाशचन्द्र परियारका अनुसार प्रतिनिधि सभाको बैठक भदौ १७ र १८ गते दुई दिन बस्नेछ। त्यसपछि आउँदो भदौ २३ गते बस्ने सम्भावना छ।भदौ २२ गते बाढीका कारण ज्यान गुमाएकाहरुको १३ दिन पुग्ने भएकाले उक्त दिन सरकारले राष्ट्रिय शोक घोषणा गर्न सक्ने सम्भावना छ।

कार्यव्यवस्था समितिको बैठकमा रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने गरी शोक मनाउन लागेको बैठकमा जानकारी दिएका थिए। बाढीमा परेर अहिलेसम्म ९८७ जनाको निधन भइसकेको छ भने ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय