ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

रसुवामा आएको आकस्मिक बाढीले बगाएको नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय भारत सरकारले पुनर्निर्माण गरिदिने भएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसँग कुराकानी गर्दै विद्यालय पुनर्निर्माणको प्रतिबद्धता जनाएका हुन्।गत साता आएको भीषण बाढीले त्रिशूली बजारमा रहेको विद्यालयको भवन पूर्णरूपमा बगाएको थियो। बाढी आउनुअघि नै प्रधानाध्यापक दवाडीले सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको थियो।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको स्थापना सन् १९५० को दशकमा त्रिशूली जलविद्युत् आयोजना निर्माणका क्रममा भारतीय सहयोगमा भएको थियो। विद्यालयको नयाँ भवनसमेत सन् २०२२ मा भारतकै एचआईडीपी कार्यक्रमअन्तर्गत निर्माण गरिएको थियो।

बाढीले विद्यालयको संरचना नै बगाएपछि भारतीय राजदूत श्रीवास्तवले प्रधानाध्यापक दवाडीसँग विद्यालय पुनर्निर्माण भारत सरकारले नै गर्ने आश्वासन दिएका हुन्। विद्यालय पुनर्निर्माणसँगै बाढीका कारण प्रभावित विद्यार्थीको पठनपाठनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय