बेत्रावतीमा बाढीपहिरोपछि जारी खोजी तथा उद्धारका क्रममा २४ वटा शव फेला परेका छन्। तीमध्ये दुई शव आमाको अँगालोमा बच्चा बेरिएको अवस्थामा भेटिएको बताइएको छ।
विपत्तिपछिको यो दृश्यले बाढीले निम्त्याएको मानवीय क्षतिको गहिरो पीडा झल्काएको छ। आफ्ना सन्तानलाई अन्तिम क्षणसम्म अँगालोमा च्यापेर राखेकी आमाको अवस्थाले घटनाको भयावहता र पीडा अझ मार्मिक बनाएको छ।
यस दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको छ। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।