ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

छोरी भेटिने आश बोकेर रसुवा पुगेका सृष्टि बास्तोलाका बुबा अन्ततः भारी मन लिएर फर्किएका छन्। घटनास्थलबाट छोरीको कुनै अत्तोपत्तो नलागेपछि उनले एक अञ्जुली पानी चढाउँदै छोरीलाई सम्झिए र फर्किए।

भोटेकोशी बाढीले धेरै परिवारलाई गहिरो पीडा दिएको छ। यही विपत्तिमा रसुवास्थित माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनामा इन्टर्न इन्जिनियरका रूपमा काम गर्न पुगेकी पोखराकी २१ वर्षीया सृष्टि बास्तोला पनि सम्पर्कविहीन भएकी हुन्।

सृष्टि भदौ ९ गते साँझ आयोजनास्थल पुगेकी थिइन्। भोलिपल्ट बिहान आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि उनीसहित त्यहाँ रहेका केही व्यक्ति सम्पर्कविहीन भएका थिए। छोरीको खबर आउने आशामा परिवारले चार दिनसम्म घरमै प्रतीक्षा गर्‍यो। तर कुनै खबर नआएपछि उनका बुबा परिवारसहित घटनास्थल पुगे।

बेत्रावतीमाथिको डाँडाबाट आयोजनास्थल हेर्दा देखिएको दृश्यले उनलाई झन् स्तब्ध बनायो। पहिले धेरै भवन र संरचना रहेको ठाउँमा अहिले एउटा मुख्य भवनबाहेक अन्य संरचना देखिन नसकेको उनले बताए। बाढीले भवनहरू डुबाएको भन्दा पनि बगाएरै लगेको जस्तो देखिएको उनको भनाइ छ।

छोरी भेटिने आशा अझै मनमा बोकेका उनले घटनास्थललाई थप गहिराइसम्म खोज्नुपर्ने बताएका छन्। बाढीपछि भेटिएका केही शवसमेत पुनः पानीले बगाएर लगेको स्थानीयबाट सुनेको उनले बताए।

सृष्टि काठमाडौं विश्वविद्यालयमा अध्ययनरत थिइन्। इन्टर्नसिप पूरा गरेर असोज २१ गते घर फर्किने तयारीमा रहेकी उनी घर फर्किन भने पाइनन्। घटनाअघि बेलुका करिब ९ बजे परिवारसँग उनको अन्तिमपटक सम्पर्क भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेन।

अहिले परिवारको एउटै माग छ—सृष्टिसहित सम्पर्कविहीन सबैको खोजी तीव्र बनाइयोस्। उद्धार टोली पुगेको भनिए पनि आफूहरूले अपेक्षाअनुसार खोजी भएको प्रत्यक्ष रूपमा देख्न नपाएको परिवारको गुनासो छ।

छोरीको कुनै खबर आउला कि भन्ने आशा अझै परिवारले छाडेको छैन। भग्नावशेष र बाढीले तहसनहस बनाएको आयोजनास्थलमा सृष्टिको कुनै अत्तोपत्तो भेटिन्छ कि भन्ने प्रतीक्षामै परिवार बसेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय